site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा मृत भेटिए खोटाङका ओमप्रकाश, हत्याको आशंका

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, बोडेस्थि नीलबाराहीको पिकनिक स्थलनजिक एकजना मृत भेटिएका छन् । पिकनिकस्थल नजिकैको पार्किङस्थलमा आज बिहान खोटाङका केपिलासगढी गाउँपालिका–२ का ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज न्यौपानेले मृतक राईको दाहिने कानको छेउमा र टाउकोमा चोट देखिएको जानकारी दिए । उनी कबाडी सामान टिप्ने काम गर्दै आएका थिए ।

डीएसपी न्यौपानेका अनुसार, शव फेला परेको ठाउँमा रगत लतपतिएको ढुंगा पनि फेला परेको छ । “रगत लतपतिएको ढुंगा फेला परेको छ । घटनाको प्रकृति हेर्दा ढुंगा प्रहार गरी हत्या गरिएकोजस्तो देखिन्छ,” उनले भने ।

मृतकको राईका तीन छोराहरू रहेको डीएसपी न्यौपानेले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro