site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंगापुरविरुद्ध ऐतिहासिक जितपछि जिलेश्पी भन्छन्– यो लय कायम राख्ने प्रयास गर्नेछौँ

काठमाडौं । सिंगापुरविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ऐतिहासिक जित निकालेपछि नेपाली टिमका फरवार्ड जिलेश्पीजंग कार्कीले जितमा सबैको योगदान रहेको बताएका छन् ।

शुक्रबार मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई १–० ले हराउँदा नेपालबाट जिलेश्पीले नै निर्णायक गोल गरेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा सिंगापुरविरुद्ध नेपालको यो पहिलो जित हो ।

खेलपछि जिलेश्पीले टिमका सबैको योगदान राम्रो भएर जित निकाल्न सफल भएको बताए ।

“एकदम खुसी लागिरहेको छ । मेरो गोलभन्दा पनि सबैको योगदान राम्रो भएर हामीले जित निकाल्न सफल भयौँ । कोच, मेरो टिममेट, यहाँ उपस्थित हुने समर्थकसँगै नेपालमा रहने सम्पूर्ण समर्थकहरुलाई धन्यवाद भन्न चाहन्छु । यो जितको मोमेन्टम कायम राख्न हामीले प्रयास गर्नेछौँ,” जिलेश्पीले भने ।

यस्तै, उनले एएफसी एसियन कप क्वालिफायरमा मलेसियाविरुद्ध पनि यही जितको मानसिकतासहित प्रदर्शन गर्ने बताए ।

“यो जितले उच्च मनोबलका साथ मलेसियासँग प्रदर्शन गर्नेछौँ । खेलअघि नै हामी जितको मानिसकतासहित मैदान प्रवेश गरेका थियौँ । त्यसैकारण आज जित निकाल्न सफल भयौँ । हामी छनोटको खेलमा पनि यही मानसिकतासहित मैदान उत्रिने छौँ । त्यस खेलमा पनि जित निकाल्न सक्छौँ भन्ने आशा छ,” जिलेश्पीले थपे ।

नेपालले अब मार्च २५ मा छनोटअन्तर्गत मलेसियासँग खेल्ने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro