site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उज्यालोको नायक कुलमान होइन, भारत हो : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब घरमै लोडसेडिङ हुने अवस्था आएको बताएका छन् । भारतबाट झन्डै ८०० मेगावाट विद्युत् आयात भइरहेको बताउँदै उनले स्वदेशी उत्पादन एकहजार मेगावाटको हाराहारीमा रहेको बताए ।

बुधबार राष्ट्रियसभामा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले नेपाल विद्युत् प्राधिकरणले सही ढंगले काम गर्न नसकेको आरोप लगाए । लोडसेडिङको अन्त्य भनिए पनि उद्योगमा हालसम्म लोडसेडिङ नहटेको उनको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उज्यालोको नायक बनाएको भन्दै उनले असन्तुष्टि जनाए । “उज्यालोको नायक भनेको उहाँ (कुलमान घिसिङ) होइन है,” उनले भने, “बरु यो धन्यवाद भारत सरकारलाई दिऊँ । निजी क्षेत्रलाई दिऊँ, जसले उत्पादन गरेको छ । जसले परिपूर्ति गरिदिएको छ ।”

उनले प्राधिकरणको आम्दानीमा पनि शंका रहेको बताए । “यहाँको आम्दानी यति छ । नाफा यति छ भनेर दाबी गरिएको छ,” उनले भने, “म बोर्डकै अध्यक्ष भएको कारण यहाँ डीडीए गरौँ न त भन्ने कोसिस गरेको हो ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro