site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
श्रमिकहरूको समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरतसिंह भण्डारीले विदेशमा कार्यरत  नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको टोलीसँगको भेटमा मन्त्री भण्डारीले नेपाली नागरिकहरूको हितका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै यसमा एनआरएनएको सहयोग र समन्वय अपेक्षित रहेको बताए ।

Argakhachi Cement Island Ad

मन्त्री भण्डारीले विदेशमा पाँच हजारभन्दा बढी नेपाली श्रमिक रहेका देशहरूमा श्रम सहचारी नियुक्त गर्ने सरकारी निर्णय भए पनि स्रोतको अभावमा यो कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताए । हाल केही देशमा स्थानीयस्तरमा कर्मचारी राखेर काम भइरहेको भए पनि धेरै देशमा श्रमिकका समस्या जटिल बन्दै गएको उनले स्वीकार गरे । 

विशेष गरी श्रम स्वीकृति, भिसा नवीकरण र अन्य प्रशासनिक प्रक्रियामा नेपाली श्रमिकहरूले विदेशमा दुःख भोग्नुपरेको उनको भनाइ छ । यी समस्याको सहजीकरणको लागि एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूसँग समन्वय गरेर अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्