site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीजी इलेक्टोनिक्सको लक्की ड्रमा रूपा अकोलिया विजयी

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले सञ्चालन गरेको ‘नयाँ वर्षको ठूलो हर्ष’ नामक उपभोक्ता क्याम्पेनअन्तर्गतको मासिक लक्की ड्र कार्यक्रममा रूपा अकोलिया विजेता घोषित भएकी छिन् । 

यस महिनाको लक्की ड्रबाट अकोलिया विजेता घोषित भएकी हुन् । उनले क्रम्पटन ब्रान्डको उत्पादन चौधरी समूहअन्तर्गतको आधिकारिक डिलरमार्फत खरिद गरी, क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरेकी थिइन् । त्यसपछि कम्प्युटराइज्ड र्‍यान्डम प्रणालीबाट गरिएको ड्रमा उनी मिडिया १० केजी वासिङ मेसिन जित्न सफल भएकी हुन् ।

Argakhachi Cement Island Ad

क्रम्पटन ग्रिब्स कन्ज्युमर इलेक्ट्रोनिक्स लिमिटेड ८५ वर्षभन्दा बढीको इतिहास बोकेको, भारतीय पंखा ब्रान्ड हो । यसले घरायसी प्रयोगका लागि पंखा, एयर कुलर, वाटर हिटर, मिक्सर ग्राइन्डर, इन्डक्सन र अन्य धेरै उपकरणहरू उत्पादन गर्दै आएको छ। टिकाउ, ऊर्जासक्षम र प्रयोगमैत्री डिजाइन क्रम्पटन यसका प्रमुख विशेषता हुन् ।

सीजी इलेक्ट्रोनिक्स चौधरी समूहअन्तर्गतको प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो । यसले नेपालभर आफ्नो सोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत क्रम्पटनलगायत अन्तर्राष्ट्रिय ब्रान्डहरू बिक्री गर्दै आएको छ ।  

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्