site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल आइपुगे बुटवल लुम्बिनीका एडम मिटर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका निम्ति बुटवल लुम्बिनीमा अनुबन्धित इंग्ल्यान्डका एडम मिटर नेपाल आइपुगेका छन् । ३२ वर्षीय मिटरले यसअघि व्यावसायिक फुटबलबाट सन्न्यास लिएको भए पनि त्यसबाट पुनगरामन गर्दै उनी बुटवल लुम्बिनीमा आबद्ध भएका हुन् ।

उनले व्यावसायिक करिअरमा विश्वभरका ११ देशका लिग खेलिसकेको बुटवल लुम्बिनीले जनाएको छ । लामो समय इन्डोनेसियाका लिगमा बिताएका उनी त्यहाँको घरेलु फुटबलमा ‘किंग’ उपनामले समेत परिचित छन् ।

बुटवल लुम्बिनी एफसीका व्यवस्थापक नवीन चित्रकारका अनुसार, मिटरको आगमनले क्लबलाई मजबुत बनाउनेछ । अनुभवी डिफेन्डरको नेतृत्व गुणले टिमलाई ठूलो मद्दत गर्ने विश्वास गरिएको छ ।

मिटरको आगमनसँगै बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

नेपाल सुपर लिगको तेस्रो संस्करण चैत १६ गतेदेखि वैशाख १३ गतेसम्म सञ्चालन हुने तालिका छ । प्रतियोगिताको तेस्रो संस्करणमा कुल सात टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro