site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुर्खेत । जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बारेकोट गाउँपालिका–३ स्थित पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको हो ।

मंगलबार घर नजिकैको जंगलमा बाख्रा चराउने क्रममा उनी लडेर घाइते भएका थिए । 

उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्