site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बिहारलाई हराउँदै टीएफसी सेमिफाइलनमा

काठमाडौं । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।  

मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा मंगलबार भएको खेलमा पाहुना टोली भारत बिहारको वाईएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै टीएफसी सेमिफाइलनमा पुगेको हो ।

जितको लागि टीएफसीका सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र निवस फुयलले गोल गरे । जितसँगै फाइनल यात्राको लागि टीएफसीले बिहीबार पहिलो सेमिफाइलन उदयपुरको फ्युजन फुटबल क्लब गाईघाटसँग प्रतिस्पर्धा गर्नेछ ।  

एकपक्षीय खेल पस्किएको टीएफसीले खेलअवधिभर कटिहारलाई पूरै दबाबमा राखेको थियो । खेलको ३७औँ मिनेटमा टीएफसीका सनिस लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफसम्म १–० गोलले अग्रता लिएको टीएफसीले दोस्रो हाफपछि थप आक्रमक बन्यो ।

दोस्रो हाफपछि टीएफसीले थप तीन गोल गर्‍यो । ७४औँ मिनेटमा करण सुनवारले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो गोल गरेको  तीन मिनेट बित्न नपाउँदै निश्चल लामाले ७७औँ मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए । खेलको अतिरिक्त समयमा निवस फुयलले गोल गर्दै टिमको जित सुनिश्चत गरे । खेलको प्लेयर अफ म्याच टीएफसीका कप्तान सविन घिमिरे घोषित भए । उनले नगद दुई हजार एकसय रुपैयाँ पाए ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro