site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सजिनको निर्णायक गोलमा मध्यपुरको जित, ब्रिगेड ब्वाइज पराजित

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबविरुद्ध रोमाञ्चक जित निकालेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा मध्यपुरले इन्जरी टाइममा गोल गर्दै झापाविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।

मध्यपुरको जितमा सजिन थापामगरले निर्णायक गोल गरेका थिए । उनले इन्जुरी टाइममा पेनाल्टी बक्सभित्र पाएको सुनौलो अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई जिताए ।

८९औँ मिनेटमा झापाका पुजन राईले टोलीलाई बराबरी गोल गर्दै फर्काएका थिए । उनले पेनाल्टी बक्सभित्र ओभरहेड किक प्रहार गर्दै गोल गरे ।

५२औँ मिनेटमा झापाले मध्यपरलाई आत्मघाती एक गोल उपहार दियो । मध्यपुरका रोशन खड्काले पेनाल्टी बक्सभित्र प्रहार गरेको सट झापाका कप्तान पेमा तामाङको खुट्टामा लागेर गोल भयो । ६०औँ मिनेटमा मध्यपुरका निरकुमार धामीले झापाका प्रदीप बुढाथोकीमाथि फाउल गरेपछि पहेँलो कार्ड पाए ।

७९औँ मिनेटमा झापा रिजेन माझीको फ्रि किक अवसरमा गोल गर्नबाट चुके । उनको प्रहार मध्यपुरका गोल किपर शौरभ विक्रम कार्कीले उत्कृष्ट ढगंबाट बचाउ गरे ।

खेलको ४४औँ मिनेटमा झापाका पारस खड्का र ८९औँ मिनेटमा सन्जोग खापांगी मगरले पहेँलो कार्ड पाए । त्यस्तै, मध्यपुरका भुपेन्द्र धिमालले ५६औँ र राजेश श्रेष्ठले एन्जुरी टाइममा पहेलो कार्ड पाए । जितबाट मध्यपुरले तीन अंक हात पारेको छ ।

त्यस्तै, बुधबार नै एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई श्री भगवती क्लबले २–० ले पराजित गरेको छ ।

श्री भगवतीको जितमा सुलेमान थापामगर र दिपेश श्रेष्ठले गोल गरे । भगवतीका लागि सुलेमानले ३०औँ मिनेटमा गोल गरेका हुन् भने दिपेशले ८४औँ मिनेटमा गोल गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro