site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटालियन सुपर कप भारतमा आयोजना हुन सक्ने

काठमाडौं । इटालियन सिरीका व्यावसायिक तथा मार्केटिङ निर्देशक मिसेल सिकारेसले इटालियन सुपर कप भारतले आयोजना गर्ने सम्भावना रहेको बताएका छन् ।

इटालियन सुपर कपमा सिरी ‘ए’ विजेता र कोपा इटालिया विजेताबीच प्रतिस्पर्धा हुनेछ । जुन यसअघि साउदी अरेबियामा आयोजना भएको थियो । उक्त प्रतियोगितामा एसी मिलानले इन्टर मिलानलाई हराउँदै च्याम्पियन बनेको थियो ।

“हामी सुपर कप जस्ता प्रतियोगिता विश्वभर पुर्‍याउन चाहन्छौँ । यसको सामान्य कारण छ, धेरैभन्दा धेरै समर्थकलाई यो खेलमा ल्याउने । त्यसैकारण सायद यो हामी गर्न सक्छौँ । भारतमा आएर खेल्नेमा कुराकानी अघि बढ्दै छ,” निर्देशक मिसेलले भने ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को क्लब रोयल च्यालेन्जर्स बेंगलोरले आयोजना गरेको आरसीबी इनोभेसन ल्याब इन्डियन स्पोर्ट्स समिटमा यस्तो बताएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro