site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजालाई निधिको चेतावनी– सीमा पार नगर्नू, आवश्यक परे जे पनि गर्न तयार छौँ

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि हालतमा राजतन्त्र नर्फकने दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले जनताले राजतन्त्र नचाहेको जिकिर गरे । उनले जनताको विरुद्धमा गए आफूहरू जे पनि गर्न तयार रहेको चेतावनी दिए ।

“कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन । कुनै पनि किसिमको राजतन्त्र फर्किने अवस्था छैन,” उनले भने, “जनताले चाहेको छैन, रुचाउँदैन । त्यसका लागि जे पनि गर्न तयार छौँ, हेक्का रहोस् ।”

उनले देशी–विदेशी साधुसन्तले भनेजस्तो राजतन्त्र आउँछ भन्ने नसोच्न चेतावनी दिए । “देशी–विदेशी साधुसन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भने नसोचे हुन्छ,” उनले भने, “स्मरण गरौँ, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो । हामीलाई रोक्न पनि खोजिएको थियो । हामी चाहिँ आफ्नै नेपाल, नेपाली फस्टलाई हामी आफैँले प्रयोगबाट प्रमाणित गरेका छौँ ।” 

उनले नेपालको अन्तिम राजा ज्ञानेन्द शाह भएको बताए । संविधान बनाउने बेलामा निर्णय स्वीकार गरेको भन्दै उनले उनको प्रशंसा पनि गरे । 

उनले जनताले सम्मान दिएको भन्दै सीमा पार नगर्न चेतावनी दिए । “इतिहासमा हेर्ने हो भने राजतन्त्र अन्त्य हुने बेलामा कस्तो दुर्गति हुन्छ तत्कालीन राजाहरूको,” उनले भने, “नेपाली जनताले त्यो धैर्यता, सहनशीलता, सम्मान दिएको छ । त्यो सीमालाई पार गर्न हुँदैन, सचेत गराउन चाहन्छु ।”

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro