
काठमाडौं । नेपाली कांग्रेसले यही चैत १० गते कार्यसम्पादन समितिको बैठक डाकेको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी र पदाधिकारीको अनौपचारिक बैठकले १० गते कार्यसम्पादन समितिको बैठक डाक्ने समझदारी गरेको प्रवक्ता डा. प्रकाशरशण महतले जानकारी दिए । उनले १० गतेको कार्यसम्पादन समितिको बैठकको मुद्दा समसामयिक विषय रहेको बताए ।
राजतन्त्र पक्षधरको प्रदर्शनको विषयलाई कसरी लिनुभएको छ भन्ने पत्रकारको प्रश्नमा उनले जनताका प्रतिनिधिको संविधानसभाले जारी गरेको संविधानअुनरुप सञ्चालिल सरकार यस्ता प्रदर्शनबाट प्रभावित नहुने बताए ।
“वर्तमानका उपलब्धिहरूको रक्षा गर्ने नै हो । १० गते बैठक बस्छौँ । यसमा हामी आफूलाई कसरी प्रस्तुत गर्ने भनेर निर्णय गर्छौँ,” महतले भने, “वर्तमान संविधान जनताबाट निर्वाचित प्रतिनिधिहरूको संविधानसभाको ९० प्रतिशत बढी समर्थनमा जारी भएको हो । यो संविधानअनुरुप चलेको व्यवस्थाको रक्षा र जगेर्ना गर्ने हो ।” उनले त्यही संविधानअनुसार वर्तमान सरकार सञ्चालित रहेको भन्दै व्यवस्था विरोधीहरूबाट प्रभावित नहुने बताए । नागरिकका अपेक्षा सम्बोधन नभएका भए यही सरकारले सम्बोधन गर्ने उनले बताए ।
“कहीकतै जनअपेक्षा पूरा नभएको भए पूरा गर्ने जिम्मेवारी पनि सरकारको नै हो । यसमा कुनै द्विविधा छैन,” महतले भने ।