site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२५ करोड बरामद घटनाको छानबिनका लागि विशेष समिति बनाउन मा‌ओवादीको माग
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले २५ करोड रुपैयाँ अवैध रकम बरामद गरिएको घटनाको छानबिन गर्न विशेष समिति बनाउन माग गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।

“यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,” उनले भने । 

सांसद सापकोटाले उपल्लो तहसँगको 'कनेक्सन'बिना यस्ता घटना हुन नसक्ने बताए । “यति ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभई सम्भव छैन । गम्भीरतापूर्व यी घटनाको छानबिन अनुसन्धान गर्न जोडदार माग गर्दछौँ,” उनले भने ।

उनले अपराधको जालो कसरी झाँगिएको छ भन्ने स्पष्ट भएको पनि बताए । “यो सरकार सुशासनप्रति इमान्दार छैन । सरकारकाप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेका थियौँ र छौँ । यस घटनाले संगठित अपराधको जालो कुन स्तरमा झाँगिएको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ,” उनले भने ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत सोमबार (चैत ४) राति ११ बजे काठमाडौंकै झोर क्षेत्रबाट २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro