site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुष्प मेलामा एक करोडभन्दा बढीको कारोबार

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो) सोमबार सम्पन्न भएको छ । चौथो दिनसम्म एक करोड १० लाख ७० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । चौथो दिन मेलामा १० हजारभन्दा धेरैले अवलोकन गरेका छन् भने अन्तिम दिनमात्र २१ लाख ८० हजारको कारोबार भएको छ  । 

सोमबारसम्म चलेको यो पुष्प मेला अवधिभरमा ५९ हजारभन्दा बढीले अवलोकन गरेको र एक करोड १० लाख रुपैयाँभन्दा बढीको काराबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङ (सुनिल)ले जानकारी दिए । 

मेलामा व्यावसायिक ६७, ल्यान्डस्केपिङ एक, अफिसियल १०, प्रतियोगितात्मक प्रदर्शनी दुई र फुडस्टल तीनसहित जम्मा ८३ वटा स्टल रहेका थिए । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको र ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । 

एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवा, सुनखरीका फूल बिरुवा, फलफूलका बोटबिरुवाहरूको कारोबार भएको कार्यक्रम संयोजक तामाङले जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro