site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, १०१ घाइते
Tiktok banner adTiktok banner ad

साना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथीमाथि गरिएको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन् । गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले हमलामा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेका बताएका छन् ।

विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीन विस्फोटको आवाज सुनेका पुष्टि गरेका छन् । हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल असबहीले जारी गरेको विज्ञप्तिमा विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाका साथै सादा, अल बेदा र राडाक्षेत्रमा गरिएको आक्रमणमा परी ३१ जनाको मृत्यु भएको उल्लेख छ । आक्रमणमा १०१ जना घाइते भएका जनाइएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमा ‘अत्यधिक घातक बल प्रयोग गर्ने’ प्रतिबद्धता व्यक्त गर्दै इरानलाई यमनी हुथीलाई दिइएको आफ्नो समर्थन तत्काल कटौती गर्न आदेश दिएका छन् ।

हुथी विद्रोहीले आक्रमणलाई बिनाकुनै प्रतिक्रिया नछोडिने चेतावनी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले मृत्युको निन्दा गर्दै वासिङटनलाई आफ्नो विदेश नीति निर्धारण गर्ने कुनै अधिकार नभएको बताएका छन् ।

हुथी अन्सारोला वेबसाइटले ‘अमेरिका र बेलायती आक्रामकता’ र वासिङटनको ‘आपराधिक क्रूरता’को निन्दा गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले लडाकु र बम विस्फोटका कारण भवन परिसर भत्किएको तस्बिर पोस्ट गरेको छ । ‘अमेरिकी हितको रक्षा, शत्रुहरूलाई रोक्न र नेभिगेसनको स्वतन्त्रतालाई पुनर्स्थापित गर्न सटीक आक्रमण’ गरिएको सेन्टकमले जनाएको छ ।

घटनाबारे बेलायती अधिकारीले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

विद्रोहीको राजनीतिक ब्युरोले आफ्नो अल–मसिराह टीभी स्टेसनमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यमनका हाम्रा सशस्त्र बलहरू तनावको सामना गर्न पूर्ण रूपमा तयार छन् ।”

एक दशकभन्दा बढी समयदेखि यमनको अधिकांश भूभागमा नियन्त्रण जमाएका विद्रोही इजरायल र संयुक्त राज्य अमेरिकाको कट्टर विरोधी इरान समर्थक समूहको ‘प्रतिरोधको महत्त्वपूर्ण’ हिस्सा हुन् ।

उनीहरूले गाजा युद्धको समयमा रेड सी र एडेनको खाडीको बाटो हुँदै आवतजावत गर्ने जहाजमा सयौँ ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका थिए । र, प्यालेस्टिनीसँग ऐक्यबद्धता प्रकट गरेका छन् ।

पेन्टागनका प्रवक्ता सिन पार्नेलले सन् २०२३ यता हुथी विद्रोहीले अमेरिकी युद्धपोतमा १७४ र व्यापारिक जहाजमा १४५ पटक आक्रमण गरेका बताए ।

यहाँबाट सामान्यतया विश्वव्यापी सामान ढुवानीको करिब १२ प्रतिशत हिस्सालाई ओहोरदोहोर गराइन्छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro