देश

काठमाडौं । भक्तपुरमा तीव्र गतिमा रहेको स्कार्पियो दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।
बिहीबार दिउँसो सूर्यविनायक नगरपालिका–७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।
घाइते हुनेमा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी रहेका छन् । उनीहरूको मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण गाडी आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ २०:५८
प्रतिक्रिया दिनुहोस्