site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होलीमा प्रयोग हुने 'ग्लिटर कलर' छालादेखि मिर्गौलासम्मलाई घातक !

काठमाडौं । होली मनाउने क्रममा अनुहारमा विभिन्न चमकयुक्त रङहरू (ग्लिटर कलर) प्रयोग गर्नेको संख्या धेरै भेटिन्छ । रमाइलोका लागि लगाइने यस्ता रङले छालामा असर पुर्‍याउन सक्नेतर्फ थोरैमा मात्र सजगता पाइन्छ । यसले होलीपछि छालाासम्बन्धी विभिन्न समस्या लिएर अस्पताल पुग्नेको संख्या बढाएको चिकित्सकहरू बताउँछन् ।

विशेषगरी अनुहारमा प्रयोग ग्लिटर कलरहरू छाला र भित्री अंगहरूका लागि पनि घातक हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । युनिभर्सिटी अफ वासिङटनले सन् २०२३ मा गरेको एक अध्ययनमा अधिकांश ग्लिटर कलरमा माइक्रोप्लास्टिकको मिसावट हुने उल्लेख छ । जसले छालामात्रै नभई मिर्गौलासम्मलाई असर पुर्‍याउने अध्ययनको निष्कर्ष छ ।

यस्ता रङमा चम्काउन र लामो समय टिकाइरहन तीनवटा तहमा माइक्रोप्लास्टिकको प्रयोग भएको हुन्छ । जसले छालामा भएको मोइस्चर (तेलीय पदार्थ) सोसेर छाला सुक्खा गराउने र एलर्जी निम्त्याउँछ ।

त्यतिमात्र नभई माइक्रोप्लास्टिकयुक्त रङले छालामा भएको पसिना ग्रन्थीलाई ब्लकेज गर्ने भएकाले छालामा दीर्घकालीन समस्याहरू निम्त्याउने जोखिम हुन्छ । यस्ता रङले छालाको बाहिरी सुरक्षा तहलाई ड्यामेज गराउने र आँखामा परेमा दृष्टि नै गुम्न सक्ने युनिभर्सिटीको अध्ययनले देखाएको छ ।

वरिष्ठ छालारोग विशेषज्ञ डा. सविना भट्टराईका अनुसार, सामान्यखाले रङमा मर्करीको मात्रा धेरै हुन्छ । साथै सल्फाइडको मिसावट गरिएको हुन्छ । यसको अधिक प्रयोगले छाला हुँदै कलेजो र मिर्गौलासम्म पनि असर पुर्‍याउँछ ।

यसैगरी निलो रङमा भने प्रुसियन ब्लू नामक रसायन मिसाइएको हुन्छ ।  त्यस्तै, हरियो रङमा कपरको मात्रा धेरै हुन्छ । जुन छालामात्रै नभई कपाल र नङका लागि पनि उत्तिकै हानिकारक हुन्छ । सिल्भर रङमा आल्मुनियमको मात्रा धेरै हुन्छ । यसले छालाको पत्रलाई सुक्खा बनाएर भित्रैसम्म एलर्जी गराउन सक्छ ।

खासगरी रातो, हरियो र चम्किला रङहरूले छालामा स्थायी समस्या ल्याउन सक्छन् । त्यस्तै, नङ पाक्ने, रगतसम्म पुगेर शरीरभरि फैलिएर विभिन्न अंगमा असर गर्नेजस्ता दीर्घकालीन असरहरू यी रङले ल्याउन सक्छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro