site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णाली प्रदेशका चार सय ४४ बालबालिका बालगृहमा

सुर्खेत । कर्णाली प्रदेशका चार सय ४४ जना बालबालिका बालगृहमा रहेको पाइएको छ । विभिन्न कारणले आमाबुवाभन्दा टाढा रहेका चार सय ४४ जना बालबालिलाई सरकारले संरक्षण दिएको हो । 

बुवाआमा हुँदाहुँदै पनि बालगृहमा बालबालिका पठाउने गरिएको भन्दै यसमा संवेदनशील हुनुपर्ने सरोकारवालको भनाइ छ । कस्ता बालबालिकालाई बालगृहमा पठाउने भन्ने बालबालिकासम्बन्धी ऐनले प्रष्ट व्यवस्था गरेको भन्दै यो ऐनको कार्यान्वयनमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । कर्णालीमा रहेका १२ वटा बालगृहहरूको अनुगमन गरी मापदण्डअनुसार चलाउनुपर्नेमा जोड दिइएको छ । 

हिमाली नवीन समाजले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा बालअधिकारकर्मी डम्बर रोकायले बालबालिकासम्बन्धीको ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 

यसैबीच, सहभागीले गुणस्तरीय शिक्षा, गरिबी र अन्य विभिन्न कारणले बालबालिका परिवारबाट विछोडिनुपर्ने बाध्यतामा रहेको बताएका छन् । पारिवारिक विछोडले बालबालिमा नकरात्मक असर पर्न सक्ने भन्दै यसतर्फ सबैपक्ष सचेत हुनुपर्नेमा जोड दिइएको छ ।

आफ्नो प्रस्तुति राख्दै हिमाली नवीन समाजका उपनिर्देशक रिया महर्जनका अनुसार गरिबी, अशिक्षाका कारण बालबालिकालाई बालगृहमा पठाउने गरिएको भन्दै यसले बालबालिकाको मानसिक अवस्थामा नकरात्मक प्रभाव परिरहेको बताए । 

सन् २००६ देखि २०२३ सम्मको तथ्यांकमा नौ सय ६७ बालबालिका उद्धार भएका र तीमध्ये ७० प्रतिशत बालबालिका कर्णालीका छन् । 

उनका अनुसार २२ प्रतिशत बागमती प्रदेशका छन् । संस्थाले पारिवारिक मिलन गराउँदै आएको उनको भनाइ छ । बालबालिका परिवारबाट विछोडिँदा भविष्यमा ठूलो नकरात्मक प्रभाव पर्ने उनको भनाइ छ ।रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  २३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro