site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरभित्र अनुमतिविना फोहोर उठाए जरिवाना
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमतिविना चोक तथा सडकबाट फोहोर उठाउने र छान्ने काम नगर्न आग्रह गरेको छ । सरोकारवालालाई एक सूचना जारी गर्दै महानगरले यस्तो बताएको हो ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिका क्षेत्रभित्रको नगरजन्य फोहरमैलाअन्तर्गत अजैविक (सुक्खा) फोहोर व्यवस्थापनका लागि विभिन्न सात क्षेत्रमा सुक्खा फोहर मेटेरियल रिकभरि सुविधा सञ्चालन गर्न लागेकोले महानगरपालिकाको अनुमति नलिई व्यावसायिक रूपमा व्यावसायिक संस्था, चोक, सडकबाट फोहर उठाउने/छान्ने कार्य नगर्न/नगराउनुहुन सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ ।”

यस सूचनालाई अटेर गरेमा जरिवाना गरिने महानगरले जनाएको छ । “यस्तो कार्य गरेको भेटिएमा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ र दफा ३९, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ र दफा ५२ एवं काठमाडौं महानगरपालिकाको चालु आ.व. को आर्थिक ऐन बमोजिम कसुरअनुसारको जरिवाना गरिने व्यहोरा समेत जानकारी गराइन्छ,” सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro