site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
औद्योगिक विकास पहिलो प्राथमिकता : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेशमै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा सुरु भएको दुईदिने पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटनका अवसरमा बोल्दै उनले रोजगारी सिर्जना र लगानीकर्ताहरूलाई आकर्षित गर्न राजनीतिक र नीतिगत स्थिरता आवश्यक रहेको बताए ।

अध्यक्ष ढकालले नेपालमा श्रम शक्तिको उपयोग गर्नका लागि सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्द्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोग गर्नुपर्नेमा जोड दिए । 

“एकातर्फ नेपाली श्रमशक्तिले नेपालमै रोजगारीका पर्याप्त अवसरहरू पाइरहेका छैनन् भने अर्कोतर्फ नेपाली रोजगारदाताले आफूले खोजेजस्तो सीपयुक्त जनशक्ति प्राप्त गर्न सकिरहेका छैनन् । अर्कोतर्फ नेपाली जनशक्ति श्रम बजारको खोजीमा बाध्यतात्मक रूपले वैदेशिक रोजगारमा जानुपर्ने अवस्था विद्यमान छ । यो अवस्थामा रोजगारीको माग, आपूर्ति, सीप विकास तथा रोजगार सम्बन्ध समेतमा देखिएको अन्तरलाई विश्लेषण गर्दै श्रम तथा रोजगारका नयाँ अवसर खोज्न सक्नु पर्दछ । त्यसको लागि क्षेत्रलाई लगानीका लागि वातावरण सिर्जना गरिदिनु पर्छ,” उनले भने ।

उनले रोजगारी सिर्जनाको 'रियल एक्टर' निजी क्षेत्र भएको उल्लेख गर्दै औद्योगिक वातावरण सिर्जना गर्ने नीति नियम बनाउँदा र, तर कमा र वा को नाममा असहज परिस्थति बन्न नहुनेमा जोड दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro