site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिका पठाउने नाममा ५३ लाख ठगी, दुईजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ का ४० वर्षीय ललितबहादुर इवारम सोही ठाउँका ३३ वर्षीय दिपेश सुब्बा लिम्बु छन् । उनीहरू काठमाडौंमा बूढानीलकण्ठ क्षेत्रमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार, उनीहरूमाथि ५३ लाख रुपैयाँ ठगेको आरोप छ । उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर रोजगारीका लागि अमेरिका लैजाने नाममा लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाएर सम्पर्कविहीन भएका थिए ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro