
काठमाडौं । भारतमा भएको ट्रेड फेयर ‘आहार’ शनिबार सम्पन्न भएको छ । उक्त ट्रेड फेयरमा नेपाली कम्पनी काबरा ग्रुपले क्वालिटी फुड एन्ड स्न्याक्सले समेत सहभागिता जनाएको हो ।
ट्रेड फेयरमा क्वालिटी फुड्स नेपाल र क्वालिटी नुडल्स इन्डष्ट्रीका लोकप्रिय उत्पादनहरू बिस्कुट, स्न्याक्स तथा नुडल्सहरू ‘आहार’ ट्रेड फेयरमा राखिएको कम्पनीले जनाएको छ ।
भारतको प्रगति मैदानमा आयोजित ‘आहार’ ट्रेड फेयरमा आकर्षक रूपमा सिंगारिएको स्टलमा प्रदर्शित बिस्कुट, नुडल्स तथा स्न्याक्सहरू अवलोकनकर्ताहरूको आकर्षणको केन्द्रमा रहेको थियो ।
केटाकेटीदेखि युवा र प्रौढदेखि वृद्धवृद्धासम्मलाई सुहाउँदो बजार मूल्यमा नौलो स्वाद र आकर्षक प्याकेजिङका साथ प्रस्तुत गरेको छ ।
ज्याकपट ब्रान्डका नुडल्स तथा स्न्याक्सहरूप्रति सर्वसाधारणदेखि उद्योगी व्यवसायीहरूले अवलोकनको क्रममा देखाएको कम्पनीले जनाएको छ । उक्त ब्रान्डप्रति स्थानीय तथा तेस्रो मुलुकका व्यवसायीहरूले प्रदेश र क्षेत्रगत सुपर डिष्ट्रिब्युटर्स, सोल डिष्ट्रिब्युटर्स र रिजनल डिष्ट्रिब्युटर्सको प्रस्तावनाहरू पेस गरेको कम्पनीले जनाएको छ ।
तेस्रो मुलुकबाट आएका व्यवसायीहरूले पनि डिष्ट्रिब्युटरका लागि आ–आफ्नो प्रस्तावहरू पेस गरेको कम्पनीको दावी छ । ‘आहार’ ट्रेड फेयरमा प्राप्त भएको यो सफलताले प्रोत्साहित काबरा ग्रुपले आउँदो वर्षमा अनुमानित २०० करोड माथिको निर्यात गर्ने लक्ष्य राखेको जनाएको छ ।