site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंक र इलाइट डेन्टल स्टुडियोबीच छुटसम्बन्धी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको सामाखुसीस्थित इलाइट डेन्टल स्टुडियोबीच छुटसम्बन्धी सम्झौता भएको छ । सो समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले इलाइट डेन्टल स्टुडियोमा १५ प्रतिशत छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ शाखा कार्यालय, १६५ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro