काठमाडौं । रोयल इनफिल्ड नेपालको आधिकारिक विक्रेता अल्फा अटोमोटिभले पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सम्पन्न गरेको छ । उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर बालकुमारी, ललितपुरमा मार्च ७ देखि ९ (फागुन २३–२५) सम्म आयोजना गरिएको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको यो क्याम्प रोयल इनफिल्ड राइडर एवंम ग्राहक महानुभावहरूका लागि विशेष सेवा अफर, हेल्मेट सेफ्टीका बारेमा जानकारी, विशेषज्ञहरूसँग अन्तर्क्रिया, र मनोरञ्जनात्मक गतिविधिहरूसहित आयोजना गरिएको कम्पनीले जनाएको छ ।
क्याम्पमा ग्राहकका लागि विभिन्न विशेष सर्भिस अफरहरू उपलब्ध गराइएको थियो । यस्तै, स्पेयर पाट्र्स, लुब्रिकेन्ट, र श्रम शुल्कमा दश प्रतिशत छुट दिइएको थियो ।
सहभागीहरूले ग्यारेन्टी उपहार, विशेष सर्भिसिङ छुट, लक्की ड्र उपहार, रमाइला खेलहरू, विशेषज्ञहरूसँग अन्तर्क्रिया, छिटो मर्मत सेवा, फ्रि वास, बाइक एक्सचेन्ज सुविधा, बाइक फाइनान्स सुविधा र रोयल इनफिल्ड राइडरहरूका लागि दिवा खनाको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यस क्याम्पमा तीन दिनको अवधिमा झन्डै दुई हजार जना सहभागी भए भने ५०० भन्दा बढी बाइकको सर्भिसिङ गरिएको कम्पनीले जनाएको छ ।
अल्फा अटोमोटिभका निर्देशक पौडेलले यस्तो कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्ध अझ मजबुत बनाउने र ग्राहकहरूलाई कम्पनीका अधिकारीहरूसँग अन्तर्क्रिया गर्न अवसर प्रदान गर्ने बताएका छन् । कम्पनीले अब प्रत्येक वर्ष नेपालभरी नै मेगा सर्भिस क्याम्प आयोजना गर्ने घोषणा गरेको छ ।