site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकका साहुहरूले ऋणीको घाँटी निचोरे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूका साहु खराब हुँदा ऋणीहरू झन् समस्यामा परेको बताएका छन् । सोमबार आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा प्रधानमन्त्री ओलीले समस्यामा परेका ऋणीलाई ऋण थपेर समस्याबाट निकाल्नुपर्ने र ऋण असुल गर्नुपर्ने बताएका हुन् ।

बैंकहरूले व्यवावसायीलाई टिकाएर ऋण असुली गर्ने नीति लिनुपर्ने उनको भनाइ छ । “उद्योग व्यवसाय अफ्ठ्यारोमा परे भने बैंकहरू हतारहतार असुल गर्ने भन्नेतिर जाने कुराले गर्दा, असुल हुने स्थिति नै छैन उनीहरूको,” प्रधानमन्त्री ओलीले भने,  “खराब ऋणी भन्ने तर त्यहाँ साहु खराब हुन्छन् । अफ्ठ्यारो बेलामा मद्दत गरेर अगाडि बढाउन मद्दत गर्नुपर्ने ठाउँमा मद्दत नगरेर घाँटी निचोर्ने काम गरियो । यस कुराबाट हामी जोगिनुपर्छ ।”

ऋणीलाई मद्दत गरेर तरिका मिलाएर रिर्टन लिनुपर्ने उनले बताए । ऋणी डुब्दै छ भने उसलाई पहिला उतार्नुपर्ने ओलीले बताए । ऋणी डुब्यो भने उसले लिएको ऋण तिर्न नसक्ने ओलीले बताए । “तरिका मिलाएर रिटर्न हुन्छ । ऊ डुब्दै छ भने उसलाई पहिला उतार्नुपर्‍यो । ऋणी डुब्यो भने लिएको ऋण कहाँबाट तिर्नु ?” ओलीले भने ।

कोही ऋणी पनि ऋण नतिरेर डुब्न नचाहने उनले बताए । बढी तरलता भएर चाहिन नचाहिने ठाउँमा बैंकहरूले लगानी गरेको ओलीले बताए । “बढी तरलताले अर्काे दूष्परिणाम ल्याउँछ । त्यसपछि तरलता सकिन्छ,” प्रधानमन्त्री ओलीले भने ।

बैंकहरूसँग पैसा नभएका बेला उत्साहमा दिइएका ऋण नउठ्ने र बैंकहरूले थप ऋण दिन नसक्ने उनको भनाइ छ ।

हरेक क्षेत्रलाई एक–अर्काको परिपूरकका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro