site stats
बाह्रखरी :: Baahrakhari
कला
‘डिग्री माइला’ युट्युबमा (चलचित्रसहित)

काठमाडौं । चलचित्र ‘डिग्री माइला’ युट्युबमा रिलिज भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘डिग्री माइला’ आजबाट ओपन डिजिटल प्लेटफर्म युट्युबमा रिलिज भएको हो । 

डार्क कमेडी जनरामा बनेको चलचित्र गत वर्षको चैत ३० मा हल रिलिज भएको थियो । हलमा यो चलचित्रले औसत व्यापार गरेको थियो ।   

दयाहाङ राईले केही वर्षअगाडि निर्देशन गरेको नाटक ‘डिग्री माइला’ नाटकमा आधारित रहेको बनाइएको चलचित्र हो । यो चलचित्रले बेरोजगारीको कथा भन्छ । 

चलचित्रमा दयाहाङ राई र आँचल शर्मासँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । चलचित्रमा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्