site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठौँपटकमा चार किलो सुनसहित पक्राउ परे उज्वेकिस्तानका युवा, भारत पुगेर आफैँ गर्थे कारोबार

काठमाडौं । उज्वेकिस्तानका तीन महिला र एक पुरुषसहित चारजना फागुन १५ गते फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट त्रिभुवन विमानस्थल ओर्लिए ।

बिहान करिब ९ बजे उनीहरू नेपालको अध्यागमन र भन्सार पार गरेर बाहिरिँदै थिए । तर, विमानस्थलको सुरक्षा जाँचका लागि खटिएको प्रहरीको टोलीलाई उनीहरूमाथि शंका लाग्यो । टोलीले उनीहरूको शरीर जाँच गर्‍यो । 

बाहिरी शरीरमा कुनै अवैध वस्तु फेला नपारेपछि प्रहरीले उनीहरूमाथि थप केरकार जारी राख्यो । भन्सार पार गरेर आउँदा उनीहरूले शंकास्पद गतिविधि गरेको देखेपछि प्रहरीले उनीहरूमाथि थप कडाइ गरेको थियो ।

लामो समय प्रहरी कार्यालयमै राखेर उनीहरूमाथि जाँच गरेको प्रहरीको आशंका त्यतिबेला सही सावित भयो, जब उनीहरूले मलद्वारमा सुन लुकाएको खुल्यो । प्रहरीले चारजनाकै मलद्वारभित्रबाट तीन किलो ७४५ ग्राम सुन निकालेको थियो ।

पक्राउ पर्नेमा सरदार टुर्सुनोभ, अखमदजनोवना डिल्फुजा मारिफालिव र इस्राइलोव्ना साओदत फैजिवा र गुलामदजानोवान उमिदा अख्मेदोभ थिए । पक्राउलगत्तै प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालयलाई बुझाएको थियो ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले पक्राउ परेका विदेशीहरूलाई भन्सार कार्यालयमा बुझाएको बताए । ‘‘हामीले सुनसहित पक्राउ गरेर भन्सार कार्यालयमा बुझाएका हौँ । उनीहरूमाथि भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ,’’ एसएसपी राठौरले भने ।

भन्सार कार्यालयले उनीहरूमाथि थप अनुसन्धान जारी रहेको बताएको छ । भन्सार कार्यालयका सूचना अधिकारी लोकराज ढुंगानाले अनुसन्धान जारी नै रहेका कारण उनीहरूमाथि थप बुझ्न बाँकी रहेको बताए । पक्राउ परेका उज्वेकिस्तानका चारजना नेपाललाई ट्रान्जिट बनाएर आफैँ भारत पुग्ने गरेको प्रहरी अधिकारीले दाबी गरेका छन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने,‘‘उनीहरूले नेपालमा सुन बुझाउने कुनै व्यक्ति खुलेको छैन । उनीहरू आफैँ गाडी बुक गरेर भारतको सीमानाकासम्म पुग्ने र सुन बिक्री गर्ने गरेको देखिन्छ ।’’

अनुसन्धानमा खटिएका भन्सार अधिकारीले पनि उनीहरूले बोकेर ल्याएको सुन नेपालमा कसलाई दिने गरेका थिए भन्नेबारे कुनै तथ्य नखुलेको बताए ।

उनीहरूसँग नेपालको कुनै पनि नम्बरमा सम्पर्क भएको नदेखिएको र बयानमा समेत नबताएको उनको भनाइ छ । अनुसन्धानमा खटिएका ती अधिकारीका अनुसार पक्राउ परेका युवाहरू नेपालमा पटक–पटक आउने जाने गरेको खुलेको छ । उनीहरू आठपटक नेपाल आएको खुलेको छ । महिलासमेत तीनपटकसम्म नेपाल आएको खुलेको छ ।

अनुसन्धानमा खटिएका भन्सारका एक अधिकारीले भने,‘‘उनीहरूले लामो सयमदेखि नै सुन तस्करी गर्ने गरेको देखिन्छ । तर, बयानमा केही बोल्न मानिरहेका छैनन् । पक्राउ परेका युवा पटक–पटक नेपाल आएको देखिनुले उनीहरूले सुन तस्करी गरेको अनुमान गर्न गाह्रो छैन ।’’

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro