site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणतन्त्रवादीहरू एक भएर अघि बढ्ने सल्लाह भएको छ : प्रचण्ड 
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको टिप्पणी गरेका छन् । 

सिंहदरबारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि अध्यक्ष प्रचण्डले सरकारका कारण जनतामा निराशा छाएको र त्यसैलाई प्रतिक्रियावादीले फाइदा उठाउन खोजेको टिप्पणी गरेका हुन् । 

यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ । प्रचण्डले समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुन नसकेको र सेटिङमा व्यस्त रहेको आरोप पनि लगाए । गणतन्त्रवादीहरू एक भएर अघि बढ्ने विषयमा सल्लाह भइरहेको उनको भनाइ छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानदेखि परिवर्तनसम्मलाई सिद्ध्याउन खोज्ने गतिविधि निन्दनीय रहेको भन्दै इतिहासको रथ पछाडि फर्कन नसक्ने बताए । उनले मुलुक र जनताको हित राजसंस्थाबाट सम्भव नरहेको जिकिर गरे । 

नेपाल समाजवादीका नेता गंगानारायण श्रेष्ठले समाजवादी मोर्चाको बैठक बोलाउनका लागि तयारी स्वरूप छलफल भएको बताए । उनले देश अप्ठ्यारो अवस्थामा धकेलिइरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट सशक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए । 

उनले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र आगामी कार्यक्रम तय गर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro