site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चालु खाता एक खर्ब ६६ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा चालु खाता एक खर्ब ६६ अर्ब ८० करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँले बचतमा थियो ।

चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको बुझिन्छ ।

चालु खाता घाटा सुधार हुँदै जानुले हाल नेपालले अरू देशहरूबाट लिएको खुद सापटी घटाउँदै गएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ८३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ८० करोड रुपैयाँ थियो ।

यसैगरी, समीक्षा अवधिमा सात अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पाँच अर्ब १९ करोड भित्रिएको राष्ट्र बैंकले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro