site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजाको शक्ति प्रदर्शन– व्यवस्था होइन नेता जोखिममा !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकै नेतृत्वमा काठमाडौंमा आइतबार राजावादी समूहले आफ्नो शक्ति प्रदर्शन गरे । करिब एक महिना पोखरा बसाइ सकेर काठमाडौं फिर्दै गरेका शाहको स्वागतका नाममा काठमाडौंमा प्रदर्शन भएको थियो ।

अति संवदेनशील क्षेत्र मानिएको विमानस्थल परिसरबाटै हजारौँको संख्याका समर्थकले नाराबाजी गर्दै निर्मल निवास पुर्‍याएका थिए । निर्मल निवास शाह र उनको परिवारलाई बस्नका लागि सरकारले दिएको आवास हो ।
केही समूहले आइतबार नै नारायणहिटी दरबार प्रवेश गराउने प्रचार गर्दैै आम नागरिकलाई सहभागी हुन अपील गरेका थिए ।

त्यसलाई उपयोग गर्न पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति हेरेर शक्ति प्रदर्शन गरेको विश्लेषकहरुको बुझाइ छ ।  राजनीतिक विश्लेषक डा. विष्णु दाहालले आइतबारको शक्ति प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्रकै शक्ति अभ्यासको आकांक्षाका रुपमा हेरेका छन् । 

त्यसका लागि उपयुक्त समय आयो भन्ने निस्कर्ष निकालेर शक्ति प्रदर्शनको माहोल बनाएको उनको बुझाइ छ । 

“यदि पूर्वराजा ज्ञानेन्द्रको इच्छाविपरीत राजावादीहरुले मात्र स्वागत गर्न चाहेको भए उनले विमानस्थल गेटमा स्वागत लिएर वैकल्पिक मार्ग रोज्न सक्थे,” विश्लेषक डा. दाहालले बाह्रखरीसँग भने “विमानस्थलबाट बाहिरिएर भिडमा गाडी प्रवेश गराउनु गाडीको हुट खोलेर अभिवादन गर्दै फूलमालको स्वागत ग्रहण गर्नु र पैदलयात्रीको बीचमा रोड शो मा सहभागी हुनुले उनको अन्तस्करणको शक्ति अभ्यासको मनोकांक्षालाई प्रकट गरेको छ ।”

डा. दाहाल राजाले रोड शो मार्फत गणतान्त्रिक नेताहरुलाई चुनौती दिएको रुपमा अर्थ्याउछन् ।

“हिजो तिमीले मलाई सबैभन्दा अलोकप्रिय भनेर फालेका थियौ आज तिमीहरु म भन्दा अलोकप्रिय छौ भन्ने चुनौती उनले नेताहरुलाई दिएका छन्,” डा. दाहालले भने, “हिजो राजालाई लागेको भ्रष्टको आरोप अहिले गणतन्त्रवादीहरुमाथि नै आइलागेको छ । नागरिकको नजरमा उनी गिरेको अवस्था थियो आज नेताहरुप्रति नागरिक निराशा चरम छ । राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय परिस्थति पनि सरकारका लागि उपयुक्त छैन । यसलाई अवसरका रुपमा ज्ञानेन्द्रले उपयोग गरेका हुन् ।”

राजनीतिक विश्लेषक अरुण सुवेदी गणतन्त्रपछि चरम निराशामा रहेका नागरिकलाई वर्तमान सरकार गठन भएपछि दिएको आश्वासन पूरा नहुँदा आएको प्रतिक्रियाका रुपमा अर्थ्याउँछन् ।

आर्थिक क्षेकमा सुधार नगरे असंगठित विद्रोहको खतरा छ भन्दै आएका सुवेदी त्यही असंगठित विद्रोहको रुपमा पूर्वराजाले गरेको शक्ति प्रदर्शन पनि एक भएको बताउँछन् ।

उनी त्यही कारण असंगठित विद्रोहले ठाउँ पाएको उनको भनाई छ । 

देशको पूर्वी क्षेत्र र मधेसका केही स्थानमा त्यसको नयाँ स्वरुप देखिन सक्ने उनको आकलन छ ।  यस्ता असंगठित विद्रोह संगठित हुने अवस्था आयो भने त्यो अझ जोखिमपूर्ण हुने उनको बुझाई छ ।  राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बराल भने एउटा प्रदर्शनलाई विद्रोहका रुपमा हेर्न नसकिने भन्दै पूर्वराजाले गरेको शक्ति प्रदर्शन नेताहरुका लागि चुनौती भने हुन सक्ने बताउँछन् । 

तर अहिले भइरहे जस्ता शक्ति प्रदर्शनले व्यवस्था जोखिममा जाने विषयमा उनको विश्वास छैन । 

“गणतन्त्रमा जसरी काम हुनुपर्थ्यो त्यसरी हुन सकेन । भ्रष्टाचार नियन्त्रण भएन । जनताको जीवनस्तर सुधारमा पनि काम भएन त्यसैले नागरिकमा निराशा रहेको तथ्य हो,” प्रा. डा. बरालले बाह्रखरीसँग भने, “लामो मेहनतबाट एउटा प्रदर्शन हुनु गर्नेहरुका लागि सफलता हुनसक्छ । तर, विद्रोहकै आधार वा व्यवस्था परिवर्तन हुन सम्भव छैन । अझ अहिलेको अवस्थामा लोकतन्त्र फालेर राजतन्त्र ल्याउने कुरा सम्भव छैन ।”

उनी एउटै पार्टीको आह्वानमा हजारौँ प्रदर्शनमा उत्रिने गरेको भन्दै प्रदर्शनका लागि मुद्दा समेत उपयुक्त नहुने अवस्था नेपालमा विद्यमान रहेको बताउँछन् ।  
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro