अर्थ व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्म शोधनान्तर स्थिति दुई खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा थियो ।
एक वर्षको अन्तरालमा शोधनान्तर स्थिति घटेको छ । राष्ट्र बैंकका अनुसार, निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।
शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ । घाटा भएमा विदेशी मुद्रा देशबाट बाहिर बढी गएको बुझिन्छ ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ १७:४१
प्रतिक्रिया दिनुहोस्