site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगन्ज र च्यासलले अंक बाँडे 

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगको पहिलो खेलमा वीरगन्ज युनाइटेड र च्यासल युथ क्लबले अंक बाँडेका छन् । काठमाडौंस्थित दशरथ रंगशालामा प्रतियोगिताको उद्घाटन खेलमा च्यासल र वीरगन्जले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । 

४७औँ मिनेटमा च्यासलका मिरक लिङदेनको प्रहार वीरगन्ज युनाइटेडका गोलरक्षक प्रमिजय गच्छदारले विफल पारिदिए ।

७३औँ मिनेटमा वीरगन्ज युनाइटेडका सन्तबहादुर मगर गोल गर्नबाट चुके । पेनाल्टी बक्सभित्र उनले गरेको प्रहार गोल पोस्टभन्दा केही इन्चले बाहिरियो ।

इन्जुरी टाइममा च्यासलका गोलकिपर रोशन नेपालले वीरगन्जका सन्तबहादुर मगरको प्रहार सजिलै नियन्त्रणमा लिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro