site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता : मधेस प्रदेशको टिम घोषणा
फाइल तस्बिर ।

वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको मधेस प्रदेशबाट सहभागी हुने खेलाडी नाम सार्वजनिक गरिएको छ । मधेस प्रदेश खेलाडी छनोट समितिले शनिबार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो ।

मधेस प्रदेशको टिममा बाराका पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोशन विक, प्रदीप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशंकर साह, शैलेन्द्र साह र सन्नी साह रहेका छन् । मधेस प्रदेशको टिमको प्रशिक्षकमा सुनिल साह रहेका छन् । सहप्रशिक्षकमा शुभ टण्डुकार र म्यानेजरमा दीपेन्द्र यादव रहेका छन् । छनोट समितिका संयोजक विकास दलीको नेतृत्वमा १५ सदस्यीय टोलीको छनोट गरेको हो ।

मधेसका आठ जिल्लाका टिमबाट प्रतिस्पर्धा गरेका उत्कृष्ट खेलाडीलाई छनोट गरेर मधेस प्रदेशको टिम बनाइएको हो । मधेस प्रदेशको टिम आइतबार बिहानै रुपन्देही प्रस्थान गरिसकेको छ । सो प्रतियोगिता लुम्बिनी प्रदेश क्रिकेट संघको व्यवस्थापनमा हुने प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro