site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विदेश गएकाहरूको नक्कली फेसबुक आईडी बनाएर यसरी ठग्थे नारायणदत्त

काठमाडौं । नक्कली फेसबुक आईडी खोलेर आर्थिक लाभ लिएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–७ का २७ वर्षीय नारायणदत्त खकुराल छन् ।

प्रहरीका अनुसार, सुरुमा उनले फेसबुकमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको पहिचान गर्थे । त्यसपछि उनीहरूका आफन्तहरूको विवरण राखेर नक्कली फेसबुक आईडी बनाउँथे । नयाँ फेक आईडीमा विदेशमा रहेका व्यक्तिहरूकै फोटो अपलोड गरेर आफन्तलाई मेसेज गर्थे । मेसेजमा आफू र आफ्नो साथी बिरामी भएर अस्पतालमा भर्ना भएको र आफूलाई पैसाको आवश्यकता परेको बताउँथे । साथीको क्यूआरमा रकम पठाउन भनेर विभिन्न व्यक्तिसँग रकम माग माग्थे ।

पैसा संकलनका लागि उनी काठमाडौं उपत्यकाका विभिन्न पसलहरूमा गएर आफ्नो मान्छे बिरामी भएर अस्पतालमा भर्ना भएको र आफन्तले उपचारका लागि रकम पठाउन लागेको बताउने गरेको प्रहरीले जनाएको छ ।

"मेरो कुनै पनि बैंक खाता छैन भनी हजुरको खातामा पैसा आउँछ, सो पैसा राखी मलाई नगद रकम दिनू भनी उक्त पसलहरूको क्यूआर कोड पठाई उक्त क्यूआरमा रकम हाल्न लगाई पसलहरूबाट नगदै रकम लिई ठगी गर्दै हिँड्ने गरेको खुल्न आएको," प्रहरीले भनेको छ ।

मंगलबार प्रहरीले काठमाडौंको तार्केश्वर नगरपालिका–५ स्थित लोलाङ हाइटबाट पक्राउ गरेको हो । आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro