site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीसहित तीन सहर अस्वस्थकर
फाइल तस्बिर ।

काठमाडौं । देशका तीन सहर आज अस्वस्थकर बनेका छन् । वातावरण विभागका अनुसार, बिहान ११ः३० बजे काठमाडौंको शंखपार्क, दाङको देउखुरी र कैलालीको धनगढीको वायु अस्वस्थकर तहमा छ ।

विभागका अनुसार, सो समयमा वायुको गुणस्तर मापदण्ड (एक्यूआई)देउखुरीमा १५७, शंखपार्कमा १५४ र धनगढीमा १५३ पुगेको छ । पछिल्लो २४ घण्टामा भने कास्कीको पोखरा सर्वाधिक प्रदूषित बनेको थियो । यस अवधिमा पोखराको एक्यूआई २०५ पुगेको थियो ।

यीबाहेक अन्य स्थानको एक्यूआई १५० भन्दा कम छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro