site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले मोरङको अधिवेशन : अझै सुरु भएन निर्वाचन, संशोधित नामावली प्रकाशन

विराटनगर । नेकपा (एमाले) मोरङको निर्वाचन अझै सुरु हुन सकेको छैन । निर्वाचन समितिले उमेदवारको संशोधित नामावली प्रकाशन गरेको छ । तर, चुनावी प्रक्रियामा अझै ढिलो हुने बताइएको छ ।

शनिबार सुरु भएको एमाले मोरङको दशौँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि हिजो निर्वाचन कार्यतालिका प्रकाशन गरिएको थियो । तर, निर्वाचन गर्ने समय टुंगो नलाग्दा प्रतिनिधिहरू अधिवेशनस्थलमा अन्योलमा देखिएका छन् । उमेदवारहरू समूह नै बनाएर मत माग्न व्यस्त छन् । तर, मंगलबार पनि चुनाव नहुने चर्चाबीच कतिपय प्रतिनिधि आफू बसिरहेको होटल फर्किएका छन् ।

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले निर्वाचनको प्रक्रिया जारी रहेको बताए । मतदानको समय भने टुंगो नलागेको उनको भनाइ छ । उनले भने, "उमेदवारको संशोधित नामावली प्रकाशन गरिएको छ । अब अन्तिम नामावली आएपछि अरू प्रक्रिया अघि बढ्छ ।"

निर्वाचन समितिले आज बिहान ९ बजेलाई मतदानको समय तोकेको थियो ।

अधिवेशनले १५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ९१४ जना प्रतिनिधि छनोट भएका छन् ।‌ नेतृत्वमा पुग्न संस्थापन र इतर समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीले उमेदवारी दिएका छन् । इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उमेदवारी दिएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro