-1741005945.jpeg)
काठमाडौं । महिन्द्रा फोरह्वीलरको नेपालका लागि अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कसले आयोजना गरेको ‘महिन्द्रा केयर फेस्ट २०८१’ जारी छ । यही फागुन १८ देखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गरेको हो ।
यस कार्यक्रमको उद्घाटन कलाकार निर्मल शर्मा, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठको उपस्थितिमा गरिएको हो ।
यस ४५–पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वासिङ, फ्रि हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशतसम्मको छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथै अन्य उपहारहरूको पनि लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकवर्गले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गइ यस केयर फेस्टमा सहभागी हुन सकिने छ ।
साथै, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्थाले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ ।