देश

काठमाडौं । भक्तपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–५, छालिङका ४८ वर्षीय भरत गिरीसहितका व्यक्तिहरू छन् ।
गिरी भक्तपुर नगरपालिका–९, च्यामासिंहमा डेरा गरी बस्दै आएका थिए । सोही कोठामा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (वैशाख १९) दिउँसो १० जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद एक लाख ५३ हजार ८५० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ १८:०८
प्रतिक्रिया दिनुहोस्