site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कजारियाको नयाँ सोरुम सतुंगलमा

काठमाडौं । टाइल निर्माता कजारियाले काठमाडौंको सतुंगलमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । श्री साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको जनाएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरि नगरपालिका–११ का अध्यक्ष नरेद्रराज श्रेष्ठको उपस्थिति रहेको थियो । यस अवसरलाई विशेष बनाउन, दुवै अतिथिहरूले रिबन काटेर सोरुम विस्तारको आरम्भ गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, "काठमाडौं कजारियाका लागि एक प्रमुख बजार रहिआएको छ, र यो सोरुम हाम्रो प्रतिबद्धताको प्रमाण हो जसले घरधनीहरू, आर्किटेक्ट र निर्माणकर्ताहरूसामु उच्च गुणस्तरका टायलहरू पुर्‍याउने काम गर्दछ ।"

कम्पनीका अनुसार, काठमाडौंको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro