site stats
बाह्रखरी :: Baahrakhari
देश
पारस शाह अझै केही दिन अस्पतालमै रहने 

काठमाडौं । पूर्वयुवराज पारस शाह यतिखेर नर्भिक अस्पतालमा उपचाररत छन् । हृदयाघातपछि आइतबार नर्भिक अस्पताल भर्ना गरिएका उनलाई अझै दुई–तीन दिन राख्नुपर्ने उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । शाहको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको ती चिकित्सकले बताए । 

आइतबार दिउँसो साढे ४ बजे अस्पताल पुर्‍याइएका उनको मुटुको एन्जियोग्राम गर्दा मुटुको धमनी बन्द भएको पाइएको थियो । त्यसलगत्तै शाहको कोरोनरी एन्जियोप्लास्टी गरी स्टेन्ट प्रत्यारोपण गरिएको थियो । 

स्टेन्ट प्लेसमेन्ट धमनीलाई पुनः बन्द नहोस् भनी अपनाइने उपचार विधि हो । यसअघि पनि शाहको धमनीमा स्टेन्ट प्लेस्मेन्ट गरिएकोमा यसपटक फेरि स्टेन्ट प्रत्यारोपण गरिएको हो । उनको उपचारमा डा. यादवदेव भट्टको टोली खटिएको छ । 

स्टेन्ट प्लेसमेन्ट लामो समयसम्म धमनी बन्द हुनबाट जोगाउने उपचार विधि हो । हृदयाघात, मुटु फेलियर, मुटुको रक्तसञ्चारमा अवरोधलगायत समस्यामा यो विधि अपनाइने चिकित्सकहरू बताउँछन् । 

शाहलाई योसहित चौथोपटक हृदयाघात भएको हो । उनलाई यसअघि सन् २००७, २०१३ र २०१९ मा पनि हृदयाघात भएको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्