site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवनियुक्त मुख्य प्रशिक्षकको पहिलो लक्ष्य– साफ च्याम्पियनसिप‍
तस्बिर : एन्फा ।

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न पाउँदा आफू निकै हर्षित भएको प्रतिक्रिया दिएका छन् ।

“नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको कार्यभार सम्हाल्ने अवसर पाएकोमा निकै हर्षित र सम्मानित महसुस भएको छ,” सोमबार एन्फा कम्प्लेक्समा आयोजित परिचयात्मक कार्यक्रममा रोसले भने ।

उनले नेपाललाई साफ च्याम्पियनसिप दिलाउने आफ्नो पहिलो लक्ष्य रहेको पनि बताए ।

हालै सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा समर्थकहरूको सहभागिताले नेपालमा फुटबलप्रति निकै क्रेज रहेको आभास गराएको रोसको भनाइ छ । नेपालकी मिडफिल्डर प्रिती राईको उदाहरण दिँदै उनले नेपाली टोलीमा अन्तर्राष्ट्रियस्तरका खेलाडी रहेको जनाए ।

नेपालमा खेलकुद विकासका लागि विद्यालय स्तरदेखि संरचना विकास गर्न आवश्यक रहेको र त्यसका निम्ति आफू तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा एन्फाका प्रवक्ता हरि शाहले ४७ वर्षीय रोसलाई एक वर्षका लागि नियुक्त गरिएको जानकारी दिए । उनका अनुसार, उनलाई एन्फाले नै तलब तथा सेवा सुविधा दिनेछ ।

आइतबार एन्फाले रोसलाई नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । मुख्य प्रशिक्षकका लागि ४१६ जनाले आवेदन दिएका थिए । जसमध्येबाट २०, १० र पाँच जनालाई 'सर्ट लिस्ट' गरेर अन्तिममा रोसलाई छनोट गरिएको हो ।

यसअघि, रोसले दक्षिण कोरिया, साउदी अरब, चीनलगायत देशमा प्रशिक्षकको अनुभव बटुलिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro