site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजी अन्तरिक्ष यान 'ब्लू घोस्ट' चन्द्रमामा अवतरण

नयाँदिल्ली । एउटा निजी अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरिएको छ । चन्द्रमाको सतहमा पुगेको यो दोस्रो व्यावसायिक यान हो । यस स्पेसक्राफ्टको नाम ब्लू घोस्ट हो, यो जनवरी १५ मा पृथ्वीबाट उडेको थियो ।

यसलाई अमेरिकी कम्पनी फायरफ्लाइ एयरोस्पेसले लन्च गरेको हो ।

यसलाई पठाउनुको उद्देश्य पृथ्वीबाट देखिने विशाल क्रेटर पत्ता लगाउनु हो, जसलाई ‘सी अफ क्राइसिस’ भनिन्छ ।

यो परियोजना अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र निजी कम्पनीहरूबीचको हालैको सहकार्यको हिस्सा हो ।

अर्को व्यावसायिक अन्तरिक्ष यान अबको केही दिनमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने सम्भावना छ । यसको नाम एथेना स्पेसक्राफ्ट हो, जुन अर्को कम्पनी इन्ट्युटिभ मेसिनसँग सम्बन्धित छ ।

इन्ट्युटिभ मेसिन पहिलो निजी कम्पनी थियो, जसले चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्ष यान अवतरण गर्न सफल भयो ।

यस कम्पनीको अन्तरिक्षयान ओडिसियस गत वर्ष फेब्रुअरी २२ मा चन्द्रमामा पुगेको थियो । तर, यो मिसन निकै सानो थियो । क्रेटरको ढलानमा अवतरण गर्दा, अन्तरिक्ष यानको ल्यान्डिङ गियर बिग्रियो ।

साथै, ब्लू घोस्ट स्पेसक्राफ्टको अवतरण सहज रूपमा गरिएको छ । यसले गत सातादेखि नै चन्द्रमाको परिक्रमा गरिरहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro