विदेश

काठमाडौं । अर्जेन्टिनामा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । भारतीय समयअनुसार साँझ ६ः३० बजे उशुआइयाबाट २२२ किलोमिटर दक्षिणमा रहेको ड्रेक प्यासेजमा भूकम्प गएको थियो ।
भूकम्प गएको केही मिनेटपछि नै सुनामीको चेतावनी जारी गरिएको थियो । यसमा मानिसहरूलाई तटबाट टाढा सर्न र उच्च स्थानहरूमा जान सल्लाह दिइएको छ ।
अमेरिकी सुनामी चेतावनी प्रणालीले जारी गरेको सन्देशमा भूकम्पको केन्द्रविन्दुबाट ३०० किलोमिटर भित्रका तटहरूमा खतरनाक छालहरू आउने सम्भावना रहेको उल्लेख गरिएको छ ।
यो चेतावनी दक्षिणी अर्जेन्टिना र चिलीमा जारी गरिएको छ । बीबीसी
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ २२:३६
प्रतिक्रिया दिनुहोस्