
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताएका छन् । आइतबार रूपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कतिपयले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै कांग्रेसले समाजवाद नबिर्सिएको स्पष्ट पारे । कसैले बोलेको भए त्यसलाई मतलब नगर्न आग्रह गरे । उनले कहिलेकाहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए ।
उनले भने, "कति साथीहरूले भन्नुहुन्छ, नेपाली कांग्रेसले समाजवाद बिर्सियो । छोड्यो भनेर । होइन । कुनै हाम्रै साथीहरूले बोल्नुभएको छ भने त्यसलाई इग्नोर गर्नुस् । कहिलेकाहीँ राजनीतिमा इग्नोर पनि गर्नुपर्छ । तर नेपाली कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रका कुराहरूलाई हामीले छोडेका छैनौँ ।"
कोइरालाले सामाजिक सुरक्षालाई नेपाली कांग्रेसले बढाइराखेको पनि बताए ।