site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पश्चिम नेपालमा गोदरेजको डिलर मिट सम्पन्न

काठमाडौं । गोदरेज नेपालले आफ्ना डिलरहरूसँगको साझेदारी अझ मजबुत बनाउन पश्चिम नेपालमा डिलर मिट सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका नवीनतम् उत्पादनहरूको प्रदर्शनी र बजार प्रवृत्ति र व्यावसायिक रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा गोदरेज नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरू प्रस्तुत गरे । डिलरहरूले पनि व्यावसायिक अनुभव र चुनौतीहरूबारे अन्तक्र्रियात्मक सत्रहरूमा सहभागिता जनाए ।

रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, एयर कन्डिसनर, एयर कुलर, माइक्रोवेभ ओभन र मेडिकल रेफ्रिजेरेटरका साथै अन्य उत्पादनहरूको उच्च गुणस्तर, ऊर्जा–सक्षम प्रविधि र ग्राहकमुखी डिजाइनहरूबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो ।

गोदरेज नेपालका व्यापार इकाई प्रमुख, धर्मेन्द्र जोशीले भने, “यो कार्यक्रमले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क र ग्राहकहरूसँगको विश्वासलाई अझ बलियो बनाउने मार्गप्रशस्त गरेको छ । हामी नवप्रवर्तन र सहकार्यमा अग्रसर रहने प्रतिबद्ध छौँ ।”

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro