site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वपछि पश्चिम नेपालतर्फको यात्रामा प्रोटन इमास ७

काठमाडौं । सातै प्रदेशको यात्रामा रहेको प्रोटन इमास ७ ले गाडी पूर्व सकेर पश्चिमतर्फको यात्रा सुरु गरेको छ ।

अत्याधुनिक विद्युतीय सवारी (ईभी) प्रोटन इमास ७ ले आफ्नो दक्षता, स्थायित्व र अनुकूलन क्षमता प्रदर्शन गर्दै पूर्वी नेपालमा उत्कृष्ठ प्रदर्शन गरेको हो ।

पूर्वी नेपालका चुनौतीपर्ण सडकहरू, फरक उचाइ र अप्रत्याशित मौसमी अवस्थामा प्रोटन इमास ७ ले उल्लेखनीय प्रदर्शन गरेको कम्पनीको भनाइ छ।

यात्रामा गाडीले प्रयोगकर्ता, वातावरणविद् र उद्योग विशेषज्ञबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ ।

गाडीको पर्यावरणमैत्री प्रविधि र प्रभावशाली दायराको प्रशंसा गरेका छन् ।

प्रोटन इमास ७ ले पश्चिम नेपालभर आफ्नो उपस्थिति बनाउने जनाएको छ ।

यो यात्रामा ईभी पारखीले प्रत्यक्ष रूपमा गाडीको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

नेपालमा प्रोटोनको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले पश्चिमी नेपालमा प्रोटोन इमास ७ लैजान उत्सुक रहेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro