site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'कर्भ डट ईभी'को टप भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । भारतको विद्युतीय सवारी निर्माता 'टाटा डट ईभी'को नेपालस्थित एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले कर्भ डट ईभीको टप भेरियन्ट सार्वजनिक गरेको छ ।

काठमाडौंमा आयोजित 'टाटा ईभी : चार्जज्ड फर द फ्युचर' कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खण्डेलवालले कर्भ डट ईभी सार्वजनिक गरेका हुन् । टाटा कर्भ ईभीको टप भेरियन्ट मूल्य ५६ लाख ९९ हजार छ ।

सोही कार्यक्रममा कर्भ ईभीका साथै टाटाका नयाँ गाडीहरू नेक्सन केथ्री डट ईभी र टियागो डट ईभी २०२५ को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरिएको छ ।

Dabur Nepal
NIC Asia

कार्यक्रमलाई सम्बोधन गर्दै टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खण्डेलवालले भने, “टाटा ईभीः चार्जज्ड फर द फ्युचरले नेपालको समग्र ईभी इको सिस्टमलाई सबल र सुदृढ गर्ने प्रति टाटाको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ । हाम्रो उद्देश्य भनेको नयाँ र गुणस्तरयुक्त उत्पादनमार्फत समग्र नेपाली यातायात प्रणालीको विद्युतीकरणको दिशामा सकारात्मक योगदान गर्नु हो । नेपालमा कर्भ ईभीको प्रवेशसँगै विशिष्ट प्रकारको अत्याधुनिक एसयूभी कुपे डिजाइनको सुरुवात भएको छ। प्रभावकारी रेन्ज र नयाँ प्रविधिले सम्पन्न यस गाडीले नेपाली अटो बजारमा ‘प्रिमियम मोबिलिटी’ लाई साँच्चै सम्भव बनाएको छ ।”

कर्भ डट ईभी टप भेरियन्टको विशेषताहरू :

कर्भ डट ईभी टप भेरियन्ट ईभी आर्किटेक्चर 'एक्टी डट ईभी'मा आधारित छ । यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ । यस्तै, ५०० लिटरको बुट स्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकाले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिने छ । नेपाली बाटोमा सजिलै ३८० किलोमिटरको रेन्ज पाउन सकिन्छ ।

यसमा एडीएस लेभल २ को क्षमता, ६ वटा एयरब्याग, अल ह्विल डिस्क ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आई भीबीएससहितको ईएसपी रहेको कर्भ ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ ।

गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टचस्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरुफ, मल्टिमुड एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषता छन् ।

यस एसयूभीमा सरल र सहज चार्जिंङका लागि घरको भित्तामा जडान गर्न मिल्ने ७.२ किलोवाट एसी र डीसी फास्ट चार्जिङको सुविधा छ, जसबाट १०–८० प्रतिशत चार्जमात्र ४० मिनेटमा पूरा गर्न सकिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro