site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतले पाकिस्तानलाई भन्यो– अन्तर्राष्ट्रिय सहायतामा टिकिरहेको असफल राज्य 

काठमाडौं । भारतले संयुक्त राष्ट्र मानवअधिकार परिषद्‌मा पाकिस्तानलाई ‘असफल राज्य’ करार गरेको छ । भारतले पाकिस्तान अन्तर्राष्ट्रिय सहयोगमा मात्र बाँचिरहेको आरोप समेत लगाएको छ ।

संयुक्त राष्ट्रमा मानवअधिकार परिषद्को ५८ औँ सत्रमा भारतीय कूटनीतिज्ञ क्षितिज त्यागीले पाकिस्तानी नेतृत्वमाथि झुट फैलाएको आरोप लगाए ।

Dabur Nepal
NIC Asia

पाकिस्तानका कानुनमन्त्री आजम नाजिर तरारको आरोपपछि त्यागीले यस्तो बताएका हुन् । तरारले जम्मू कश्मिरमा मानवअधिकार उल्लंघन भइरहेको बताएका थिए ।

त्यागीले भने, “पाकिस्तानले कश्मिर र भारतको बारेमा निरन्तर झूट फैलाइरहेको छ ।” यसका प्रतिनिधिहरूले ओआईसीजस्ता मञ्चहरूको खिल्ली उडाइरहेको उनले बताए । 

क्षितिजले भने, “जम्मू कश्मिर र लद्दाखका केन्द्र शासित प्रदेशहरू सधैँ भारतका अभिन्न अंग रहेका छन् र रहनेछन् ।” पछिल्ला केही वर्षहरूमा जम्मू कश्मिरमा भएको अभूतपूर्व राजनीतिक, सामाजिक र आर्थिक प्रगति गरिरहेको उनले बताए । 

त्यागीले भने, “यस परिषद्को समय एक असफल देशले बर्बाद गरिरहेको छ, जुन अस्थिर छ र अन्तर्राष्ट्रिय सहायतामा बाँचिरहेको छ ।” 

उनले भारतको बारेमा धेरै सोच्नुको सट्टा पाकिस्तानले आफ्ना नागरिकको समस्या समाधान गर्नमा बढी ध्यानकेन्द्रित गर्न सुझाव दिए । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro