site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूलो भूकम्प आए क्यालिफोर्नियादेखि वासिङ्टनसम्मको तटीय क्षेत्र डुबाउने !

काठमाडौं । नयाँ अध्ययनले प्रशान्त क्षेत्रको उत्तरपश्चिममा आउने ठूलो भूकम्पले उत्तरी क्यालिफोर्नियादेखि वासिङ्टनसम्मको तटीय क्षेत्रलाई डुबाउन सक्ने र समुद्रको सतह बढेर समुदायमा बाढीको जोखिम बढाउन सक्ने चेतावनी दिएको छ ।

प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित अध्ययनअनुसार यस्तो अवस्था क्यानडादेखि क्यालिफोर्नियासम्म फैलिएको ‘द बिग वन’ (ठूलो भूकम्प) क्यास्केडिया फल्टलाइनमा हुन सक्नेछ । यस्तो भूकम्पले तटीय भूमिलाई ६ फिटभन्दा बढी डुबाउन सक्ने, बाढीको क्षेत्र फैलाउन सक्ने र समुदाय, पूर्वाधार र प्रकृतिमा क्षति पुर्‍याउन सक्ने आँकलन गरिएको छ । अर्को ५० वर्षभित्र ८.० भन्दा ठूलो म्यग्निच्यूडको भूकम्प आउने सम्भावना १५ प्रतिशत रहेको अध्ययनको दाबी छ ।

अध्ययनको नेतृत्वकर्ता भर्जिनिया टेककी टिना डुराले भनिन्, “जलवायु परिवर्तनले गर्दा हुने समुद्रको सतह वृद्धिविपरीत यी परिवर्तन एकैछिनमा आउन सक्छन् र सयौँ वर्षसम्म रहन सक्छन् ।”

सबैभन्दा गम्भीर असर वासिङ्टन, ओरेगन र क्यालिफोर्नियाको बढी जनसंख्या भएको क्षेत्रमा पर्नेछ । सन् २१०० सम्ममा ठूलो भूकम्प आएमा र जलवायुले गर्दा समुद्रको सतह बढ्दै गयो भने फल्टलाइनका केही तल्लो क्षेत्रहरू स्थायीरूपमा डुब्न सक्छन् । अध्ययनका अनुसार त्यतिबेला ८.० भन्दा बढी भूकम्प आउने २९ प्रतिशत सम्भावना छ ।

अनुसन्धानकर्ताले निकालेको निष्कर्षले समुदायलाई तयारी गर्न मद्दत गर्ने बताइएको छ । “यी जोखिमहरूका लागि योजना बनाउँदा दीर्घकालीन क्षयीकरण घटाउन, समुदायलाई उत्थानशील बनाउन र तटीय क्षेत्रको पारिस्थितिकी प्रणालीलाई स्थायी क्षतिबाट बचाउन मद्दत गर्छ,” उनीहरूले भने ।

क्यास्केडिया सबडक्स जोनमा यसअघिको ठूलो भूकम्प सन् १७०० मा गएको थियो । यसले केही मिनेटमै ६ फिटभन्दा बढी समुद्रको सतह बढाएको थियो र एउटा विशाल सुनामी सिर्जना गर्दै तटीय बस्ती नष्ट गरेको थियो । यसको असर जापानसम्म असर गरेको थियो ।

हालैको एक अनुसन्धानले क्यास्केडिया सबडक्स जोनमा ९.० म्याग्निच्युडको भूकम्पले ३० हजारभन्दा बढी मानिसको ज्यान लिन सक्ने, तटीय क्षेत्रमा एक लाख ७० हजार भवन क्षतिग्रस्त वा नष्ट हुन सक्ने र ८१ अर्ब डलरभन्दा बढी आर्थिक नोक्सान हुन सक्ने देखाएको छ । सन् २०२२ को एक अध्ययनले ठूलो भूकम्पले गर्दा आउने सुनामी २०० फिटभन्दा बढी उचाइमा पुग्न सक्ने देखाएको थियो ।

द गार्जियनबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro