site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले विश्वासको वातावरण नबनाएको भन्दै बैठकमै गएनन् प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा अनुपस्थित भएका छन् । 

प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको छलफल बोलाएका थिए । विश्वासको वातावरण नबनेको भन्दै प्रचण्ड भने बैठकमा उपस्थित भएनन् । 

सिंहदरबारमा ओली र नेपाली कांग्रेसका सभापतिबीच मात्रै छलफल भएको छ । ओलीले शान्तिप्रक्रियाका बाँकी कामका विषयमा छलफल गर्न बैठक डाकेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रचण्डले भने यसअघि नै टीआरसीसँग नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई साटेको भाष्य बनाएकोमा प्रचण्ड रुष्ट छन् । सोही कारण बैठकमा नगएको माओवादी नेता खिमलाल देवकोटाको भनाइ छ । 

“बैठक बोलाउँदा मजदुर दिवसको कार्यक्रममा हुनुहुन्थ्यो । तर, उहाँ उपस्थित हुनुभएन,” देवकोटाले भने, “त्योभन्दा महत्त्वपूर्ण प्रश्न प्रधानमन्त्रीजीले यसअघि बैठकमा गएकै दिन कुलमानसँग टिआरसी साटेको भाष्य बनाइदिनुभयो । यसले गम्भीर अविश्वास पैदा भएको छ ।”

प्रधानमन्त्रीले आफ्ना मन लागेको निर्णय गर्दै आएको भन्दै बोलाउँदैमा प्रतिपक्षी दलका नेता जानुपर्छ ? भन्दै देवकोटाले प्रश्न गरे ।  

“यसपटक पनि उहाँले साँच्चिकै छलफल गर्न चाहनुभएको हो वा आफूलाई मन लागेका निर्णयमा किनाराको साक्षी बनाउन खोज्नुभएको हो भन्ने प्रस्ट छैन,” उनले भने, “उहाँलाई मन लागेका निर्णय गरिरहनुभएकै छ । उहाँको अनुकूलतामा बोलाएको बैठकमा प्रतिपक्षी दलका नेता लुरुलुरु जानु जरुरी पनि छैन ।” 

कुलमान हटाएको दिनपछिको बैठकमा भने प्रचण्ड उपस्थित भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro